Sagun Khabar
डडेल्धुरामा भीरबाट टिप्पर खस्यो, एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – डडेल्धुरा सदरमुकामको नजिकैको भीरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ । शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खसेको प्रहरीले जनाएको छ । 

सुप ००१क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ । दुईजना मध्ये एकजनाको मृत्यु भएको र अर्का एकजना घाइते भएका छन् । दुवै जनाको पहिचान खुल्न बाँकी रहेको छ । 

टिप्पर ब्याक गर्दा करिब २०० मिटर खसेको स्थानीयले बताएका । दुर्घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update