Sagun Khabar
प्रधानमन्त्री देउवाको गृह जिल्लामा गठबन्धन विरुद्ध नबोल्ने सहमति 

डडेल्धुरा –प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन् । डडेल्धुराको तुफानडाँडास्थित नेपाली कांग्रेसको सम्पर्क पार्टी कार्यालयमा आइतबार बसेको गठबन्धन बैठकले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेको हो । 

चुनावी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले गठबन्धनलाई प्रभाव पार्ने अभिव्यक्ति कसैले नदिने सर्वसम्मत निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंक अवस्थीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रमा सत्ता गठबन्धनले गरेको निर्णयको स्वागत गर्दै निरन्तर छलफल गर्ने निर्णय समेत गरिएको उनले बताए । 

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तुलाराम बोहरा, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरू र राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंकप्रसाद अवस्थी सहभागी थिए । 
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ००:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update