Sagun Khabar
कञ्चनपुरको बेदकोटका मेयर चन्दसहितका जनप्रतिनिधि  समाजवादीमा प्रवेश
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका छन् ।  नेकपा (एमाले) बाट निर्वाचित मेयर चन्दसहित पाँच जना वडाध्यक्ष, वडा सदस्य, जिल्ला कमिटी सदस्य र सल्लाहकार सदस्यलगायतका करिब पाँच सय जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

समाजवादीका अध्यक्ष माधव नेपालले एमाले परित्याग गरेका उनीहरुलाइ स्वागत गरेका छन्। मेयर चन्दसहित वडा नम्बर ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिंह भन्डारी र १० का वडाध्यक्ष केशव रावल समाजवादीमा लागेका हुन्।

यस्तै अन्य कार्यपालिका सदस्यहरु, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु र जिल्ला कमिटी सल्लाहकारहरुले पनि समाजवादीमा प्रवेश गरेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update