Sagun Khabar
डडेल्धुराको गन्यापधुरामा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना 

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको छ । गन्यापधुरा गाउँपालिकामा रुडेस बैतडीले अक्सफाम नेपालको सहयोग र गाउँपलिकाको समन्वयमा कार्यालय स्थापना गरेको हो । 

महिलाहरुको राजनीतिक क्षेत्रमा पहुँच बढाउनका लागि मञ्चको कार्यालय स्थापना गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । रुडेसले अक्सफाम नेपालको सहयोगमा बैतडीका दुईओटा स्थानीय तह र डडेल्धुराका दुईओटा स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको उनले बताए । परियोजना अन्तर्गत राजनीतिमा महिलाको सहभागिता बढाउनका लागि विभिन्न छलफल र पैरवी गर्ने गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल र उपाध्यक्ष कमला ठगुन्नाको उपस्थितीमा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए । 

महिला नेतृत्व मञ्चको कार्यालय स्थापनासंगै महिला नेतृत्व मञ्चका पदाधिकारीहरुलाई कम्प्युटर, प्रोजेक्टर लगायतका सामग्री हस्तान्तरण गरिएको छ । रुडेस बैतडीले ती सामग्रीहरुको व्यवस्थापन गरेको हो । 

महिला नेतृत्व मञ्चका सहभागीहरुलाई महिलाको हक अधिकारका बिषयमा छलफल र पैरवी गर्न सहज होस भनेर उपकरण हस्तान्तरण गरिएका रुडेस बैतडीका कार्यकारी निर्देशक जोशीले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update