Sagun Khabar
डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए  । 
घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन् । घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update