Sagun Khabar
बाजुरामा एमालेले उम्मेदवारको टुंगो लगायो 

बाजुरा – बाजुरमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । पाँच गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा एमाले बाजुराले उम्मेदवारको टुंगो लगाएको हो । बडीमालिका नगरपालिकाको मेयरमा अमर खड्का र उपमेयरमा नन्दा थापालाई उम्मेदवार बनाएको  छ । 

यस्तै बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपमेयरमा मनु रोकाया बिसी, बुढिगङ्गा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपमेयरमा पार्वतीदेवी बुढालाई उम्मेदवार बनाएको छ । 

यस्तै गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update