Sagun Khabar
कांग्रेसको कारवाही पछि मल्लले त्यागे सांसद पद 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । 

‘पार्टीको विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरि हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन्। आजदेखि म प्रदेश सभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

मल्ल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवशेन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट रहेका थिए । 

यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update