Sagun Khabar
कोरोना कहर : प्रवासी नेपाली समस्यामा 
फोटो :भारतको मुम्बइमा रोजगारीका लागि रहेका नेपालीहरु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको मेलौली नगरपालिका ७ का किशोर कार्की रोजगारीका लागि भारतको मुम्बइ पुगेको ५ महिनामात्रै हुन लागेको छ । कोरोना कहरका कारण गत बर्ष स्वदेश फर्केका उनी फेरी रोजगारीका लागि मुम्बइ नै गए । तर भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि कार्कीलाई निकै समस्या भएको छ । उनले भने ‘भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि हामी प्रवासी नेपालीहरुलाई धेरै समस्या भएको छ । काम गर्ने होटेल, कम्पनीहरु बन्द हुँदा रोजगार गुम्ने चिन्ता बढेको छ ।’
भारतमा कोरोनाको दोश्रो लहर फैलिएसंगै रोजगारीका लागि भारत पुगेका प्रवासी नेपालीहरुलाई धेरै समस्या भएको छ । कोरोनाका कारण होटेल तथा कम्पनीहरु बन्द हुँदा आफूहरुले तलब समेत पाउन नसकेको रोजगारीको सिलसिलामा मुम्बईमा रहेका राकेश चन्दले बताए । उनले भने ‘तलब पाउन सक्ने स्थिती छैन् । काम रोकिएको छ । घर आउन पनि पैसा छैन् ।’
भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि समस्यामा परेका प्रवासी नेपालीका यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समयमा कोरोनाका कारण प्रवासी नेपालीहरु धेरै समस्यामा परेका छन् । रोजगारीका लागि भारतमा रहेका नेपालीहरु अहिले निकै समस्यामा परेका कार्कीले बताए ।  
यकिन तथ्यांक नभएपनि रोजगारीका लागि लाखौं नेपाली भारतमा छन् । कोरोनाको दोश्रो लहरसंगै उनीहरुले रोजगारी समेत गुमाएका छन् । भारतमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुका लागि समेत सरकारले केही योजना नल्याएपछि आफूहरु फेरी भारतमै पुगेको कार्कीले बताए । तर भारतमा कोरोना संक्रमण बढ्दै गएपछि समस्यामा परेको उनको भनाई छ ।भारतमा कोरोनाको दोश्रो लहर फैलिएसंगै धेरै राज्यहरुमा लकडाउन तथा कफर््यु घोषणा गरिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update