Sagun Khabar
कांग्रेस केन्द्रिय सदस्य आरजु राणा गृह जिल्ला डडेल्धुरामा 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा गृह जिल्ला डडेल्धुरा पुगेकी छिन् । जिल्लामा पार्टी २ फ्याक भएपछि उनी मतदाता रिझाउन डडेल्धुरा पुगेकी हुन् । जिल्लामा पूर्व सभापति कर्णबहादुर मल्ल पक्ष विद्रोह गरेर नेपाली काँग्रेस विपीमा मिसिएको छ। उक्त समूह एमालेसँग तालमेल गरि चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएको हो । 

एउटा समूह नै विद्रोहमा उत्रिएपछि त्यसको असर चुनावमा देखिने भन्दै अर्को समूहलाई तनाव भएको छ । काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी उनले नेता तथा कार्यकर्तालाई उत्प्रेरित गर्न बुधबार सदरमुकामको बसपार्कमा चुनावी सभालाई सम्बोधन गरेकी छिन् । 

मल्ल  समूहलाई उनले नक्कली कांग्रेस भएको समेत आरोप लगाइन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update