Sagun Khabar
कांग्रेस सभापति देउवा गृह जिल्ला डडेल्धुरामा 

डडेल्धुरा –नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् । सोमबार उनी डडेल्धुरास्थित आफ्नो गाउँ गन्यापधुरा पुगेका हुन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सोमबार उनले धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले भोलि डडेल्धुरामा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डडेल्धुरामा कांग्रेसका पक्षमा माओल बनाउन सभापति देउवा डडेल्धुरा पुगेको बताइएको छ । 

डडेल्धुरामा कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले नेपाली कांग्रेस (विपी) गठन गर्दै एमालेसंग चुनावी तालमले गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update