Sagun Khabar
कांग्रेसका उम्मेदवारलाई जिताउन प्रधानमन्त्री देउवाको आग्रह 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री देउवाले डडेल्धुरा बसपार्कमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसलाई जिताउनुपर्ने बताए । 

उनले डडेल्धुरा विभिन्न पूर्वाधारका कामहरु शुरु भईसकेकाले प्रदेश राजधानी समेत बनाउन सकिने बताएका छन् । ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन् । त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ ।  त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ । 

उनले अमरगढी नगरपालिका जिल्लाकै विशेष ठाउँ भएको जनाउँदै त्यहाँ मेयरका उम्मेदवार डिल्लीराज जोशीलाई जिताउन आग्रह गरे । करुवा र सरुवा केही होइन कांग्रेसहरुले रुखमै भोट हाल्नुपर्ने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update