Sagun Khabar
 चुनाव हुँदैन भन्नेहरु गलत साबित भए : प्रधानमन्त्री देउवा 

डडेल्धुरा –नेपाल काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भन्नेहरु गलत साबित भएको बताएका छन् । 

शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा मतदान गरेपछि उनले चुनाव नहुने बताइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् चुनावमा सहभागी भएको बताए । उनले भने ‘ओलीले चुनाव हुँदै भन्थे तर आज उनीहरु चुनावमा सहभागी भएका छन् ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

आवधिक निर्वाचनले लोकतन्त्र बलियो हुने प्रधानमन्त्री देउावले बताए । उनले स्थानीय तह गठन भएपछि गाउँगाउँमा सिंहदरबार आएको समेत जिकिर गरे । 

स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका आएका थिए । उनी आजै काठमाण्डौ फर्कने तालिका रहेको छ 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update