Sagun Khabar
प्रधानमन्त्रीको गृहपालिका गन्यापधुरामा कांग्रेस दोब्बर मतले अगाडि 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली कांग्रेसले दोब्बर अग्रता बनाएको छ । मतगणना जारी रहँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९ मत पाएका छन् । उनलाई नेपाली कांग्रेस विपीका सुरेन्द्र मालीले ५६७ मतले ल्याएर पछ्याई रहेका छन् । 

यस्तै नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८  मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसका उमेदवार ज्ञानु सेटीले एक हजार २५७, नेकपा एमालेका उम्मेदवार इन्द्र महराले  ५८७ र नेकपा माओवादी केन्द्रबाट चन्द्र बहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update