Sagun Khabar
प्रधानमन्त्री देउवाको गृहपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ । पालिकामा कांग्रेसका इन्द्र कार्कीले ३ हजार १ सय ८४ मतले विजय भएका छन । उनका निकट प्रतिद्वन्द्वी बिपी कांग्रेसका सुरेन्द्र मालीले १ हजार ६ सय ५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार ज्ञानु सेठी देउवाले ३ हजार १३ मत ल्याएर विजय भएकी छन् । उनका प्रतिद्वन्दी एमालेका इन्द्र महरले १ हजार ७ सय ३ मत ल्याए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update