Sagun Khabar
डडेल्धुराको अजयमेरुमा माओवादीका  विकास दोहोरिए, उपाध्यक्षमा कांग्रेसकी पाल

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।  माओवादी केन्द्रका उमेशप्रसाद भट्ट 'विकास' अध्यक्ष पदमा दोरिएका हुन्। यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएकी छिन्।

  अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदम पालले २२९७ मत पाए।  यस्तै, उपाध्यक्षमा काँग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कलावती भाणले २३०९ मत पाएकी छिन्।  २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update