Sagun Khabar
डडेल्धुराको भागेश्वरमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका हेमराज चटौत २हजार ३११ मतसहि पालिका अध्यक्षमा विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत ल्याए । 

यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन् ।  उनले २ हजार ३४८ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र पाइन् । 

भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update