Sagun Khabar
बाजुराको बडिमालिकामा एमाले विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको बडिमालिका नगरपालिकाको मेयरमा एमालेका अमरबहादुर खड्का र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएका छन् । 

एमाले उम्मेदवार खड्काले कांग्रेस उम्मेदवार धनराज पण्डितभन्दा ४६७ मत बढी ल्याएर जितेका छन् । खड्काले ४ हजार १९ मत पाएका छन् भने पण्डितले ३ हजार ५ सय ५२ मत पाए । यस्तै उपमेयरमा एमाले उम्मेदवार थापाले कांग्रेस उम्मेदवार राधिका कुमारी शाही (सिंह) भन्दा ८८२ मत बढी ल्याएर विजयी भएकी हुन् ।

थापाले ४ हजार २३३ मत प्राप्त गरिन् भने शाहीले ३ हजार ३५१ मत पाइन् । ९ वटा वडा रहेको बाजुरा सदरमुकामस्थित बडिमालिका नगरपालिकामा एमालेले ७ वटा वडामा जित हात पारेको छ भने २ वटा वडामा कांग्रेसले जितेको छ । २, ३, ५, ६, ७,८, ९ नम्बर वडा एमालले जितेको छ भने कांग्रेसले वडा नम्बर १ र ४ जितेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update