Sagun Khabar
डडेल्धुरामा एक पसलमा आगलागि, ६० लाख बराबरको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरामा एक पसलमा आगलागी भएको छ । अमरगढी नगरपालिकाको वडा नम्बर ७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको बताइएको छ ।

सो पसलमा बुधबार राती करिब साढे ११ बजे तिरको समयमा आगलागी भएको र पसल पुरै जलेर ध्वस्त भएको बताइएको छ । नगरपालिकाको वडा नम्बर ८ का स्थानीय यज्ञ साँकीको काठ र जस्ताले बनेको उक्त पसल पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले बिजुलीको तार सर्ट भई आगो लागेको हुनसक्ने बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update