Sagun Khabar
डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, १८ महिने बच्चा बेपत्ता

डोटी –डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । एक १८ महिनाको बच्चा हराएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ५ बजेतिर भएको बस दुर्घटनामा परी बस सहचालक सहित ४ जना गम्भीर घाइते भएका छन् भने बाँकी ८ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भोला कुमार भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए । १८ महिनाको बच्चा हराइरहेको र उनको खोजिकार्य भईरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

बस चालक फरार छन् । बस सडकबाट करीब ८० मिटर तल सेती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update