Sagun Khabar
बेलौरी नगरपालिकाले सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सोमबार पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइने निर्णय गरेका हुन् । 

नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने भएको हो । 

नगर प्रमुख चौधरीले पदभार ग्रहण गरेसँगै उपप्रमुख जोगराम चौधरीले पनि पदभार ग्रहण गरेका छन् । चौधरी दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update