Sagun Khabar
पूर्णागिरीबाट खटिमा बजारसम्म नेपाली सवारी साधन चल्न दिनुपर्ने माग 

कञ्चनपुर –कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर बनबासा पुलमा २४सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नुपर्ने लगायतका माग राखेर ज्ञापन बुझाएको हो । 

सङ्घले कृषि क्वारेन्टिन नहुँदा समस्या भइरहेको जनाउँदै क्वारिन्टन स्थापनाका लागि पनि माग गरेको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री धामीले नेपाल–भारतको परापूर्वकालदेखि धार्मिक र आर्थिक सम्बन्ध रहेको बताए । नाका खुलाउनुपर्ने यथाशीघ्र पहल गर्ने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update