Sagun Khabar
बालिकामाथि यौन दुव्र्यवहारपछि युवकले गरे आत्मा हत्या 
फाईल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त  नगरपालिका २ मा एक युवकले आत्माहत्या गरेका छन् । आफ्नै छिमेकी १० बर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरिरहेका ती युवालाई स्थानीयले देखेपछि भागेर घरमा गएका ३४ वर्षीय युवाले कोठामा लगाएको पंखामा झुण्डीएर आत्मा हत्या गरेको खुल्न आएको छ ।

यौन दुव्र्यवहार गर्ने क्रममा बालिका चिच्याएपछि स्थानीयले थाहा पाएका र स्थानीयले प्रहरिलाई खबर गरि प्रहरी त्यहाँपुग्दा युवाले आत्माहत्या गरिसकेका जनाइएको छ । 

बालिकाको कान र नाकमा चोटपटक लागेको र उपचारकालागी महाकाली प्रदेशिक अस्पतालबाट धनगढी रेफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update