Sagun Khabar
डडेल्धुरामा आलु बाली किराले सखाप पारेपछि किसान मारमा
poteto1.jpg

डडेल्धुरा-  डडेल्धुराको अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा किराले क्षति पुर्‍याएपछि किसानहरु मारमा परेका छन्। व्यवसायिक रुपमा आलु खेती हुँदै आएको सबै स्थानमा किराले क्षति पुर्‍याएपछि किसानहरु मारमा परेका हुन्।

 नगरपालिकाको वडा ३ हाटिगाउँमा आलुमा लाग्ने किराका लार्भाले पातमा क्षति पुर्‍याएको छ। फल समेत खाएर किराले खोप्टा मात्रै बाँकी राखेकोे छ। त्यति मात्रै नभएर हाल जिल्ला भरिनै आलुमा सो समस्या रहेको किसानहरुले बताएका छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

५ क्विन्टल बिउबाट ४० देखि ५० क्विन्टल आलु उत्पादन हुने यो क्षेत्रमा अहिले बिउ बराबरको उत्पादन नभएको कृषक शेरबहादुर थापाले बताए। कतिपय किसानले खरानी र किटनाशक विषादी प्रयोग गरेपनि धेरै क्षेत्रफलमा त्यो सम्भव नभएको अर्की कृषक ज्ञानुदेवी उप्रेतीले दुखेसो पोखिन्।

उनले  आलुको बोट सबै किराले नष्ट गरेको बताउँदै किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बाली नै जोखिममा परेको बताए।  व्यवसायीक रुपमा आलु खेती गर्ने कृषकहरुले वर्षेनी जोखिम मोल्दै आउनु परेको छ। कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले किराले आलु बाली नष्ट हुने गरेको किसानहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update