Sagun Khabar
महाकालीमा झोलुंगे पुल सञ्चालन, तुइनबाट तर्नुपर्ने दार्चुलाबासीको बाध्यता हट्यो 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा महाकाली नदीमाथि दुई वटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ । 

तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो । बडूगाउँ र आसपासका बासिन्दा जिल्ला सदरमुकाम आउजाउ गर्नसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्न बाध्य थिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update