Sagun Khabar
नवप्रवेशी टोली गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

काठमाण्डाै - नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

स्वास्थ्य सन्देश
Atrya hospital

गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए  भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए । गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एक/एक विकेट लिए । 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update