बझाङका एक बालक बेपत्ता 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङका एक बालक बेपत्ता भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका ९ वर्षीय छोरा धरेन्द्र शाही ४ दिनदेखि बेपत्ता भएका हुन् ।
उनी मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका पारिवारिक श्रोतले बताएको छ । धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएका र जंगलबाटै बेपत्ता भएको उनकी फुपू विर्सना शाहीले बताइन् ।
शाही हराएको बिषयमा प्रहरीमा जानकारी आएको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । 
 
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १६:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
