Sagun Khabar
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकामा पूजाआजा 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारीले पूजा आराधना गरेकी हुन् । 

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहरा मेलाको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । 

बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update