Sagun Khabar
महाकालीमा जलमापन यन्त्र जडान गरिँदै, जलस्तर राजधानीबाटै हेर्न सकिने 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडानको कार्य थालिएको छ । नेपाल–भारतको पश्चिमी सीमा नाका छुट्याउने उक्त नदीमा जलमापन यन्त्र जडानको काम थालिएको हो। 

जलमापन यन्त्र जडानको लागि टोली दार्चुला पुगेको छ । महाकालीमा जलमापन यन्त्र जडान भएपछि जलस्तरको अवस्था काठमाडौंबाटै पनि हेर्न सकिने अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख गोविन्द झाले बताए । 

तीनदिन भित्र जलमापन यन्त्र जडान गरिसकिने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update