Sagun Khabar
निर्वाचन खर्चको विवरण बुझाउन निर्वाचन कार्यालय दार्चुलाको आग्रह 

दार्चुला –वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय दाचुलाले आग्रह गरेको छ । निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो । 

दार्चुलाका ९ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन आग्रह गरिएको हो । 

३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने जिल्ला निर्वाचन अधिकारी प्रदिपसिह धामीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update