Sagun Khabar
डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप 

डडेल्धुरा –डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो । 

बिहीबार बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो ।  बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टासम्म डाक्टरले नहेरिदिएपछि बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । डाक्टरको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । 

तर, यता अस्पतालले भने बालिकालाई श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएको बताएको छ । उनलाई अस्पतालले आईसियूमा राखेको अवस्थामा ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् । उनीहरुले बालिकाको शव उठाएका छैनन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update