Sagun Khabar
कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन् । 

जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update