Sagun Khabar
बझाङमा हिम पहिरोमा परी यार्सा संकलन गर्न गएकी एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन् ।  बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update