Sagun Khabar
जिसस डडेल्धुराको प्रमुखमा भण्डारी र उपप्रमुखमा ठडाली निर्विरोध निर्वाचित 

डडेल्धुरा –जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । मुख्य निर्वाचन कार्यालय डडेल्धुराका अनुसार शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिसस सदस्यमा लिला धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध निर्वाचित भएका छन् । उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने बताइएको छ । 

दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो। जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो । सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति कांग्रेसकै नेतृत्वमा गठन भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update