Sagun Khabar
कैलालीमा नक्कली नोट सहित तीन जना पक्राउ 

कैलाली – कैलालीमा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्।  धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ का ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी नक्कली नोट सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रवार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा ३० थान नक्कली नेपाली नोट सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

रानालाई सोधपुछ गर्दा नक्कली नोटको कारोबार चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला परेकाले उनलाई समेत नियन्त्रणमा लिइएको छ । यो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update