Sagun Khabar
दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडान 

दार्चुला –नेपाल–भारत सीमा नदी महाकालीमा जलमापन यन्त्र जडान गरिएको । बर्षातको समयमा महाकालीको जलस्तर मापन गर्नका महाकाली नगरपालिका–९ दत्तुमा आधुनिक जलमापन यन्त्र जडान गरिएको हो । 

जल तथा मौसम विज्ञान केन्द्र अत्तरियाका कार्यालय प्रमुख गोविन्द झा नेतृत्वको टोलीले तीन दिन लगाएर जलमापन यन्त्र जडान गरेको जनाइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान गरेको कार्यालय प्रमुख झाले बताए । 

महाकालीका संगै चौलानी नदीमा समेत जलमापन यन्त्र जडान गरिने बताइएको छ । महाकालीमा जलमापन यन्त्र जडान भएपछि महाकालीमा जलस्तरको अवस्था काठमाडौंबाट पनि हेर्न सकिने झाले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update