Sagun Khabar
जिसस दार्चुलाको निर्वाचन जेठ ३० गते हुने 

दार्चुला –जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यालय तालिका सार्वजनिक गर्दै आज मतदाता नामावली प्रकाशन गरेको छ । जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । 

जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा (नेकपा माओवादी केन्द्र)को ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित छ मतभार छ भने काँग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार छ ।

नेकपा एमालेको  ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित ८ मतभार रहेको छ । दार्चुलामा स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । तर कांग्रेसले प्रमुख पदमा भने कुनै स्थानीय तहमा जित हासिल गर्न सकेन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update