Sagun Khabar
जिसस कैलालीको प्रमुखमा कांग्रेसका कलेल र नागरिक उन्मुक्तिका चौधरीको उम्मेदवारी दर्ता 

कैलाली –यहि जेठ ३० गते हुने जिल्ला समन्वय समिति कैलालीको विभिन्न पदाधिकारीका लागि आइतवार मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी दर्ता भएको छ । 

गठबन्धनका साझा उम्मेदवार कलेल गौरीगंगा नगरपालिका–८ र चौधरी जानकी गाउँपालिका–६ मा निर्वाचित भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ । जिसस कैलालीको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल भएको छ भने, एमाले र नागरिक उम्मुक्ति पार्टीबीच पनि तालमेल भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update