Sagun Khabar
भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार  भारतीय रुपैयाँ दिने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update