Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा एक व्यक्ति मृत फेला परे 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका – ६ पनेबाँजमा एक पुरुष मृत भेटिएका छन् । वडा नम्बर ६ का ५५ वर्षिय जयसिंह धामी महाकाली लोकमार्गको चैतलीचौर नजिक भुँणा खोला भन्ने स्थानमा मृत भेटिएका प्रहरीले जनाएको छ । 

शुक्रबार बेलुकीदेखि हराइरहेका धामी स्थानीयहरुले खोजी गर्दा शनिबार बिहान मृत भेटिएका हुन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update