Sagun Khabar
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्वाचित 

कैलाली –कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् ।  प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् । 

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । 

पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन् । शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update