जिसस दार्चुलामा गठबन्धन विजयी, प्रमुखमा कांग्रेसका बडू निर्वाचित 
                        
                        
                                                
                                             
                                                                    दार्चुला –जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू(कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।
काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्यमा सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    