Sagun Khabar
डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–१ का  २२ वर्षीया धना बोहराको करेन्ट लागेर मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

बिहीबार रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट उनलाई करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । रुखमा चढेका बेला धनालाई करेन्ट लागेको हो । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update