Sagun Khabar
धनगढीमा खोलानालाको अतिक्रमण हटाउने कार्य शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण नै भएकाले अतिक्रमित क्षेत्र खाली गर्न थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

खोलानालामाथि भएको अतिक्रमण नहटाउदासम्म धनगढी डुबानको समस्या समाधान नहुने भएकाले आजदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ भएको उनले बताए । खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गर्न समेत मेयर हमालले बताए । डुबानको समस्या धनगढीमा सबैभन्दा ठुलो समस्याको रुपमा देखिएको हमालले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update