Sagun Khabar
सुदूरपश्चिम सरकारले आज बजेट सार्वजनिक गर्ने 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउँदैछ । असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानून प्रावधानअनुसार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । 

दिउँसो ४ बजे प्रदेशसभामा अर्थमन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रदेशको नीति तथा योजना आयोगले पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको भए पनि संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढ्ने प्रदेश सरकारले जनाएको छ । 

नीति तथा योजना आयोगले पठाएको बजेटको सिलिङभन्दा थोरै आकार बढाएर बजेट सार्वजनिक हुने आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिमका सचिव जितेन्द्र बस्नेतले बताए । 

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षको लागि ३४ अर्बको बजेट ल्याउने प्रदेश सरकारको छ तयारी छ । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update