Sagun Khabar
बाजुराको बुढीगंगामा असार २३ गते निर्वाचन हुने 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा उक्त मिति तय भएको हो । प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकबाट २३ गते चुनाव हुने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । 

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।  बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update