Sagun Khabar
इमान्दार भएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको हितमा इमान्दार भएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । 

पालिकाहरुमा नागरिकको भावना अनुसार काम गर्न उनले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । जनताको मन जित्ने हिसाबले काम गरे मात्रै पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update