Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्सा संकायको पढाई शुरु हुने : प्रधानमन्त्री देउवा 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने बताएका छन् । विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेजका लागि सम्भाव्यता अध्ययन हुने र सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए । 

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update