Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एकजनाको मृत्यु

कञ्चनपुर-कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । साइकलमा सवार कृष्णपुर नगरपालिका–२ वाणीका ४२ वर्षीय केशवराज पन्तको मृत्यु भएको हो । 

शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुरतर्फ गइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा शनिबार ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका–९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Atrya hospital

घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक पन्तको पनि माया मेट्रोमै उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update