Sagun Khabar
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका–४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा जगन्नाथ–४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले जनाएको छ  । उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update