Sagun Khabar
सुदूरपश्चिमका तीन निर्माण कम्पनी कालोसूचीमा 

कैलाली –सुदुरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । तोकिएको समयमा काम नसक्ने र योजना अलपत्र पार्ने उनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।

कार्यालयले सूचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा समयमै काम सम्पन्न नगर्ने तीन निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखिएको जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कालोसूचीमा पर्नेमा कञ्चनपुरको महाकाली गौरव बिल्डर्स प्रालि, बझाङको न्यू कालिका निर्माण सेवा र डोटीको भूमिराज रोशन निर्माण सेवा रहेका छन् । 

निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिदको काम कारबाही गर्न नपाउने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update